arrow

 ‘वेटिङ प्राइममिनिष्टर’ हुँ तर म प्रधानमन्त्रीको रेसमा छैन् : सभापति देउवा

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
deuwa.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नभएको बताएका छन् ।  

शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै सभापति देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन्।

देउवाले प्रमुख प्रतिपक्षी दलको नेता भनेको ‘वेटिङ प्राइममिनिष्टर’ भए पनि आफू भने प्रधानमन्त्री पदको पछि नलागेको स्पष्ट पारे ।

‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ,’ उनले भने, ‘प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन’उनले भने । 

देउवाले नेकपाभित्रको आन्तरिक किचलोमा आफू फस्न नचाहेको पनि बताए । नेकपा विवाद उनीहरुको आन्तरिक कुरा भएकाले कांग्रेस त्यसको पक्ष विपक्षमा नउभिने देउवाले बताए ।

ओलीविरुद्ध अविश्वास प्रस्ताव लाने कि नलाने भन्ने नेपाली कांग्रेसले प्रष्ट निर्णय नलिएकाले यस विषयमा छलफल र परामर्श जारी रहेको उनले उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ