arrow

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

logo
रासस,
प्रकाशित २०७७ फागुन २२ शनिबार
kp-oli-pm-ncp.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए।

सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दै छ। सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ