arrow

ओली समूहको संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित !

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
KP-Oli1.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बालुवाटारमा बसेको बैठकमा ११५ सांसद उपस्थित भएको दाबी गरिएको छ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि तय भएको उक्त बैठकमा बहुमत सांसद उपस्थित भएको सहभागी एक नेताले दाबी गरेका छन् । तर आधिकारिता सार्वजनिक गरिएको छैन ।

दिउँसो तीन बजेका लागि बोलाइएको बैठकमा प्रचण्ड-नेपाल पक्षका सांसदलाई पनि बैठकमा आउन जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

शुक्रबार मात्र नेकपा प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो । उक्त पक्षले पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ । प्रचण्ड-माधव समूहको बैठकमा ११४ सांसद उपस्थित भएको जनाइए पनि १११ सांसद उपस्थित भएको बुझिएको छ ।

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक फागुन २३ गते आइतबारका लागि आह्वान गरिएको छ । उक्त बैठकका लागि दुवै पक्षले आफ्नो रणनीति तयार गरेको जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ