arrow

नैतिक हिसावले प्रधानमन्त्री ओलीले सरकारमा बसिरहन मिल्दैन : प्रदीप पौडेल

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
pradeep-poudel.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता प्रदिप पौडेलले सार्वभौम संसदमा जनताबाट निर्वाचित प्रतिनिधिले अमर्यादित प्रधानमन्त्रीलाई स्विकारिरहन नमिल्ने बताएका छन् ।

नेपाली कांग्रसले देवघाट गाँउपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेले भने, ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नभए असंवैधानिक कदम चाल्ने व्यक्तिलाई वैधानिक हिसावले स्वीकार्नु हो, नैतिक हिसावले प्रधानमन्त्री केपी ओलीले सरकारमा बसिरहन मिल्दैन, र यदि संसदले प्रधानमन्त्रीलाई स्विकारिरहने हो भने लोकतन्त्रको यो भन्दा ठूलो अपमान हुन सक्दैन ।’

विधि विधान र नैतिकता विर्सिएपछि सरकार कसको बन्छ भन्ने कुरा महत्वपूर्ण होइन, हामीलाई चाहिएको राजनीतिक संस्कार हो, अब पनि ओलीले नै सरकार चलाइरहनु भन्ने कुरा अलोकतान्त्रिक राजनीतिक पद्धतिलाई प्रश्रय दिनु हो । त्यसैले राजनीतिक संस्कार र नैतिकताको खडेरी परेका समयमा सांसदहरुको योग्यता ंक्षमता र इमान्दारिताप्रति प्रश्न नउठोस, उनको भनाइ थियो । 

पौडेलले अघि भने, ‘अहिले नेपालको राजनीतिक नैतिकताको खडेरी परेको छ, नेतृत्व उत्तरदायी नभएको कारण लामो समयसम्म हाम्रो राजनीति खडेरी परेको छ । यसको विकल्प खोज्नुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ