arrow

दोस्रो चरणको कोरोना खोप कार्यक्रम शुरू, प्रधानमन्त्री ओलीले खोप लगाएर गर्ने शुरुआत 

क–कसले लगाउन पाउँछन् यो चरणमा खोप

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
kp-sharma-oli-final.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउँदै छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले बिहान १० बजे खोप लगाउने जानकारी दिएका छन् । 

ओली बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा पुगेर खोप लगाउने छन् । ओलीले खोप लगाएरै दोस्रो चरणको खोपको अभियानको शुरुआत गर्नेछन् । 

ओलीले बिहान १० बजे खोप लगाएपछि देशभर दोस्रो चरणको खोप अभियान शुरु हुने छ। 

दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गरिँदैछ । करीव १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ । यो अभियान १० दिनसम्म चल्नेछ । 

तर यसअघि प्राथमिकतामा परेर छुटेकाहरुले पनि यो अवधिमा खोप लगाउन पाउने जनाइएको छ । 

६५ वर्षमाथिका नागरिकलाई खोप लगाएपछि १० दिनपछि ५५ वर्ष माथिकालाई कोरोना खोप दिने कार्यक्रम रहेको छ । यसअघि भने सरकारले ५५ वर्षदेखि माथिकालाई खोप दिने जनाए पनि अन्तिम समयमा आएर ६५ वर्ष माथिकालाई भनी प्रचार गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ