arrow

सर्वोच्च अदालतले नेकपाको विवादबारे सुनाउँदै फैसला 

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
Supreme-Court-Nepal.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम बारेको विवादमा सर्वोच्च अदालतले आइतबार फैसला दिँदैछ । नेकपाका ऋषिराम कट्टेलले दाबी गर्दै आफ्नो नामको पार्टीको नाम जुधाएर निर्वाचन आयोगले हाल सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई कोष्टभित्र (नेकपा) राखेर औपचारिकता दिएपछि रिट हालेका थिए । 

दुई वर्षअघि हालेको रिटको फैसला बल्ल आएर आइतबार सर्वोच्चले सुनाउन लागेको हो । कट्टेलले निर्वाचन आयोगविरुद्ध २०७५ मंसिर ५ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । 

यसअघि गत फागुन २० गते फैसला सुनाउने निर्णय गरे पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन (सिंहको फागुन १८ गते साँझ निधन भएको थियो) मा देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेसँगै फैसलाको मिति धकेलिएको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको थियो ।

यो फैसला कस्तो आउँछ भन्ने यकिन नभए पनि यदि नामबारेको विवादमा कट्टेलले मुद्दा जिते भने सत्तारुढ दलमा अर्को विवाद उब्जिनेछ । अहिले सत्तारुढ दल दुई कित्तामा भएकाले आफूहरु आधिकारिक भन्दै निर्वाचन आयोगमा दाबी पेश गरेका छन् । 

त्यही नाममै सर्वोच्चले अंकूश लगाइदियो भने नयाँ शिराबाट पार्टी अगाडि बढ्नु पर्नेछ । फेरि पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्युँतिन पनि सक्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ