arrow

हुँदै म्यानचेस्टर र मड्रिड डर्बी

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
man-city15.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा आइतबार चार खेल हुँदैछन् । त्यसैगरी स्पेनिश ला लिगमा पनि चार खेल नै हुँदैछन् । प्रिमियर लिगमा म्यानचेस्टर डर्बी र स्पेनिश लिगमा मड्रिड डर्बीबीच कडा टक्कर हुँदैछ । 

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । खेल राति १०ः१५ बजे सिटीको मैदानमा हुँदेछ । यो खेल सिटीका लागि अझ महत्वपूर्ण छ । 

अहिलेसम्म सिटीले लगातार २१ खेलको जित राखेको छ । यो खेल जित्दा थप रेकर्ड बन्नेछ । घरेलु मैदान सिटीलाई रेकर्ड राख्न सजिलो हुनेछ । 

सिटी उपाधिका लागि प्रमुख दावेदार पनि हो । 

अन्य खेलमा लिभरपुलले फुल्हमसँग १९ः४५ बजे, वेष्टब्रोमले न्यूकासल युनाइटेडसँग १७ः१५ बजे र टोटनह्यामले राति घरेलु मैदानमा १ बजे क्रिष्टल प्यालेससँग खेल्नेछ । 

अंक तालिकामा म्यानचेस्टर सिटीको २७ खेलमा ६५ अंक छ । दोस्रो स्थानको लेस्टर सिटीको २८ खेलमा ५३ अंक छ भने तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २७ खेलमा ५१ अंक छ । शनिबार राति लेस्टरले ब्राइटनलाई उसकै मैदानमा २–१ गोल अन्तरले हरायो । 

ला लिगा भिडन्त
ला लिगामा आइतबार राति एथलेटिको मड्रिड र रियाल मड्रिड खेल्दैछन् । खेल राति २१ बजे एथलेटिकोको मैदानमा हुँदैछ । एथलेटिको २४ खेलबाट ५८ अंकसहित शीर्ष स्थानमा छ । डिफेन्डिङ च्याम्पियन रियाल २५खेलबाट ५३ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ । 

शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० गोल अन्तरले हराएको थियो । ओसासुनाको मैदानमा जोर्डि अल्बा र लाइक्स मोरिबाले १–१ गोल गरे ।

यो खेलमा रियाल विजयी हुँदा उपाधि दावेदारी थप खुल्ला हुनेछ र तीन टिमबीच पुग्नेछ । एथलेटिकोले जित्दा भने अन्तर अझ बढी हुनेछ । 

अन्य खेलमा १८ः४५ बजे हुएस्काले सेल्टाभिगोसँग, २३ः१५ बजे रियाल सोसिडाडले लेभान्टेसँग र १ः४५ बजे एथलेटिक बिलबाओले ग्रानाडासँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ