arrow

प्रचण्ड-नेपाल समूहले बोलायो संसदीय दलको आकस्मिक बैठक

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता अन्योलमा

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
Prachanda-Nepal_group.jpg

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको संसदीय दलको बैठक बोलाएको छ । आइतबार अपरान्ह शुरु हुने संसद बैठकमा कसरी जाने भन्ने विषयमा रणनीति बनाउन सो समूहले आकस्मिक दलको बैठक बोलाएको हो ।

बैठक दलको सिंहदरबारस्थित कार्यालयमा केही बेरमा बस्ने नेकपाका प्रमुख सचेत देव गुरुङले जानकारी दिए । गत शुक्रबार बसेको दलको बैठकमा ओलीले राजीनामा नदिए आइतबार अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय भएको थियो ।

तर प्रधानमन्त्री केपी ओलीले भने राजीनामाको मनस्थिति बनाएका छैनन् । त्यसकारण अविश्वासको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्ने अन्योल प्रचण्ड-नेपाल समूहमा छ ।

सोही विषयमा थप छलफल गर्न प्रचण्ड-नेपाल समूहले दलको आकस्मिक बैठक बोलाएको हो । बैठकमा कांग्रेसको भूमिका र कांग्रेससँगको छलफलका विषयमा पनि कुराकानी हुने नेताहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ