arrow

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
supreme-court-of-nepal.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता ऋषि कट्टेलले पाएका छन् । सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकता विवादको छिनोफानो सुनाएको हो ।

नेकपाको नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

नेकपाको नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै सर्वोच्चले बदर गरिदिएसँगै दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बन्न पुगेको छ ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले यो निर्णय लिएको हो । कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम निर्वाचन आयोगले अरुलाई दिएको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

सर्वोच्चको यो निणर्यसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको पार्टीलाई निर्वाचन आयोगले दिएको मान्यता खारेज भएको छ । आयोगको निर्णयबिरुद्ध २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ