arrow

प्रचण्ड-नेपाल समूह कानुनी परामर्शमा जुट्दै

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
Prachanda-Nepal.jpg

काठमाडौं। सर्वोच्च अदालतले नेकपा विवादबारे टुङ्गो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएपछि नेकपाको प्रचण्ड-नेपाल समूह कानुनी परामर्शमा जुटेको छ । 

सर्वोच्च अदालतले आइतबार कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने फैसला गरेसँगै साबिकको नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको छ । 

त्यसपछि कसरी अघि बढ्ने भन्ने सन्दर्भमा नेकपाका नेताहरू कानुनविद्हरूसँगको परामर्शमा जुटेका हुन् । फैसला आएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अधिवक्ताहरू टीकाराम भट्टराई, रमण श्रेष्ठ लगायतसँग परामर्श गर्न लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ