- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आइतवार गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
अपराह्न करीब ४ बजे संसद् भवन प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली करिब आधा घण्टा बसेर फर्किएका थिए । अपरान्ह ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अधिवेशन ढिलो गरि शुरु भएको छ ।
सर्वोच्च अदालतले आजै नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने फैसला गरिसकेको छ ।