arrow

सन्तानलाई वंशजको नागरिकता माग गर्दै मधेस बन्दको आव्हान

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन २३ आइतबार
opc-meeting.JPG

जनकपुरधाम । पिछडा वर्ग ओबीसी महासभाले वैशाख ११ गते मधेस बन्दको आव्हान गरेको छ । ओबीसी महासभाले उठाएका जायज मागहरूलाई बेवास्ता नगरिएको भन्दै वैशाख १० गते मधेसका सबै जिल्लामा मसाल जुलुस र वैशाख ११ गते मधेस बन्दको आव्हान गरेएको हो ।

नेपाल विधान २०७२ को भाग-२ को धारा-११ को दफा-३ बमोजिम जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता यथासिग्र प्रदान गर्नको साथै नागरिकता समस्या समाधान गर्नु पर्ने माग छ । नेपाल विधान २०७२ को भाग-३ को धारा-४२ को उपधारा-१ अनुसार राज्यको सबै निकायमा पिछडा वर्ग समुदायको जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनु पर्ने छ।

महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले फाल्गुन २३ गतेदेखि चैत्र १४ गतेसम्म मधेसका जिल्लाहरूमा विभिन्न सङ्घ संस्था राजनीतिक दल बुद्धिजीवी समाजसेवी लगायतका सरोकारवालासङ अन्तरक्रिया गोष्ठी गर्ने निर्णय गरेको जानकारी गराए।

जनकपुरधाममा फागुन २१ र २२ गते ओबीसी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्दै सङ्घीय, प्रदेश र स्थानीय सरकाले ओबीसीले उठाएका जायज मागहरूलाई समयमै सम्बोधन नगरे चेतावनीसँगै चरणबद्ध आन्दोलनको मिति तय गरेको हो।

ओबीसीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले जनकपुरधाममा पत्रकार सम्मेलन गरी नागरिकता प्राप्त गरेका सन्तानलाई वंशज नागरिकता दिनुपर्ने, पिछडा वर्ग ओबीसी आयोग गठन गर्नुपर्ने सहितका पाँच सूत्रीय माग रहेको  बताए । प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालय स्वीकृत गरिएको पिछडा वर्ग समुदाय उत्थान विकास समिति गठन तथा कार्यसंचालन कार्यविधि २०७७ मन्त्रीपरिषद्को बैठकबाट पारित गर्न जोरदार माग गरेका छन् ।

पिछडा वर्ग समुदायको बसोबास रहेको र पिछडा वर्ग समुदाय उत्थान विकास समिति गठन नभएका सबै पालिकाहरूमा पिछडा वर्ग समुदाय उत्थान विकास समिति गठन तथा कार्यसंचालन कार्यविधि २०७७ अनुसार उक्त समिति गठन गर्न नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षा शाखा) सिंहदरबारको आदेश बमोजिम सबै स्थानीय तहहरू आवश्यक व्यवस्था गरिदिन समेत जोरदार माग गरे।

नागरिकता समस्या समाधान गर्न तथा पिछडा वर्ग समुदायले उठाउँदै आएको माग सम्बोधन गर्न नेपाल सरकार, प्रदेश सरकार लगायतका निकायलाई पटक-पटक ज्ञापन-पत्र, ध्यानाकर्षण-पत्र, स्मरण-पत्र बुझाउनका साथै कयौँ पटक नेपाल सरकार सँग सम्झौता भए पनि सम्बन्धित निकायले उठाउँदै आएको मागलाई बेबस्ता नगरिएकोले राष्ट्रिय कार्यसमितिलाई गम्भीर ध्यानाकर्षण भएको बताए ।

समुदायले उठाउँदै आएको जायज माग सम्बन्धित निकायले संशोधन नगरिएकोमा खेद प्रकट गर्दै मागहरु राखी पुनः आन्दोलन गर्न बाध्य भई  शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू गर्ने  बताए ।

ओबीसी महासभाको आन्दोलनका कार्यक्रमहरू चैत्र १९ गते सिराहा ,२० गते महोत्तरी ,२१ गते सर्लाही ,२२ गते रौतहट,२३ गते बारा,२४ गते पर्सा र २७ गते धनुषामा गरिने उनले बताए । चैत्र २९ गते विरोध सभा जनकपुरमा वैशाख ७ गते विरोध सभा काठमाडौँ माइती मण्डलामा वैशाख १० गते मधेसका सबै जिल्लामा मसाल जुलुस वैशाख ११ गते मधेस बन्दको आव्हान गरेको महतोले बताए ।


महासभाले मधेस बन्द अगाडि चैत १९ देखि वैशाख १० सम्म विभिन्न चरणमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको ओबीसीका केन्द्रीय अध्यक्ष महतोले पत्रकार सम्मेलनमा जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ