arrow

मड्रिड डर्बी बराबरीमा सकिँदा फाइदा बार्सिलोनालाई

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
real-athletico1.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा मड्रिड डर्बीको खेल बराबरीमा सकिएको छ । रियाल मड्रिड र एट्लेटिको मड्रिडबीचको खेल बराबरीमा सकिएको हो । 

आइतबार राति भएको मड्रिड डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो । एट्लेटिकोको मड्रिडको मैदानमा भएको खेलमा शुरुआती अग्रता पनि घरेलु टोलीले बनाएको थियो ।

खेलको १५ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ८८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियाललाई हारबाट जोगाए ।

यस बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोले २५ खेलमा ५९ अंक जोडेको छ । रियाल २६ खेलमा ५४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो बराबरीले भने दोस्रो स्थानको बार्सिलोनालाई फाइदा भएको छ । बार्सिलोना २६ खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यसले उपाधिको दावेदारी खुला नै भएको देखाएको छ । 

अन्य खेलको नतिजा
हुएस्का ३–४ सेल्टा भिगो
रियाल सोसिडाड १–० लेभान्ते
एथलेटिक बिलबाओ २–१ ग्रानाडा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ