arrow

‘राजनैतिक अनुसन्धानको नतिजा राम्रो नआएको जस्तो लाग्यो’

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
mahabir-pun.jpg

काठमाडौं । राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाली राजनीतिको अनुसन्धानको नतिजा राम्रो नआएजस्तो लागेको बताएका छन् । 

सामाजिक संजाल ट्वीटरमा उनले पछिल्लो राजनीतिक अनुसन्धानबारे प्रतिक्रिया दिने क्रममा राजनीतिको अनुसन्धानको नतिजामाथि प्रश्न उठाएका हुन् । 

गत आइतबार सर्वोच्च अदालतले नेकपाको नाममा फैसला गर्ने क्रममा ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिई तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपालाई मान्यता नदिएपछि राजनीतिले फरक मोड लिएको छ । 

अदालतले पूर्व एमाले र पूर्व माओवादी केन्द्रलाई ब्युँताएपछि नेपाली राजनीतिले थप नयाँ मोड लिएको हो । 

यसप्रति नै लक्षित गर्दै पुनले लेखेका छन्, ‘यसो हेर्दा त नेपालमा भएको गहन राजनैतिक अनुसन्धानको नतिजा राम्रो नआएको जस्तो लाग्यो ।’

उनी अगाडि लेख्छन्, ‘अनुसन्धान भन्ने कुरा यस्तै हो, फिक्कर  नगरौँ। कुनै पनि क्षेत्रमा गरिने सबै अनुसन्धानहरु सफल हुँदैनन् । कि कसो !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ