arrow

पुनरावलोकनमा जाने प्रचण्ड–नेपाल पक्षको निर्णय 

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
nepal-prachanda1.jpg

काठमाडौं ।  सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावेदनमा जाने भएको छ । सर्वोच्च अदालतले आइतबार फैसला गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि मर्माहत प्रचण्ड–नेपाल पक्षले पुनरावेदनमा जाने निर्णय गरेको हो । 

कानून व्यवसायीहरुसँगको छलफलपछि प्रचण्ड–नेपाल पक्षले फैसलाविरुद्ध पुनरावेदनमा जाने निर्णय गरेको हो । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । सोही समयमै निर्वाचन आयोगले पार्टीको बैधानिकता दिएको थियो । तर ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको भन्दै २०७५ मंसिर २१ गते अदालतमा निवेदन दिएका थिए । 

सर्वोच्च अदालतले दुई वर्ष ढिला गरी अहिले मात्र यो मुद्दाको फैसला गरेको हो । 

कानून व्यवसायीहरुको सुझावपछि निचोडमा पुगेको प्रचण्ड–ओली पक्षको स्थायी कमिटी बैठकबाट उक्त निर्णय पारित भइ पुनरावेदनमा जाने बताइएको छ । 

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दैछ । कानून व्यवसायीहरुको उक्त सुझाव र निर्णयलाई अपीलमा जान सक्ने गरी निर्णय हुन सक्ने एक स्थायी कमिटी सदस्यले बताए । यही विषयमै छलफल हुने उनले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष भने यो फैसलापछि उत्साही देखिएको छ । संसद विघटन गरेर चुनावमा जान खोजेको ओली समूहलाई सर्वोच्च अदालतले संसद ब्युँताइदिएपछि हच्किनु परेको भए पनि अहिले आएर अदालतले गरेको अर्को निर्णयले भने उत्साही बनाएको छ । 

ओलीले सर्वोच्चको फैसला स्वागतयोग्य भनिसकेका छन् । 

तर सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि भने दुई पार्टीबीचको एकता त लगभग सकिएको छ नै दुवै समूहले एकताका लागि अर्को पार्टी दर्ता गराउने सम्भावना पनि छैन । 

तर एमाले र माओवादी ब्युँतिएपछि ओली पक्षमा लागेका माओवादी केन्द्रका नेताहरु एवं हालका मन्त्रीहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापाहरुको हैसियत के हुन्छ भन्ने प्रश्न उठेको छ । 

त्यतिमात्र हैन प्रचण्डसँग लागेर बलियो पार्टी बनाउन लागेका एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालहरुको राजनीतिक हैसियतमा पनि प्रश्न उठेको छ । 

सर्वोच्चको फैसलापछि एमालेको अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै कायम भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ