arrow

एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा शुरु

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
apf-hospital-cancer-screeni.jpg

काठमाडौं । नेपाल एपीएफ अस्पतालमा थप गरिएको गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाको शुरुआत भएको छ । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले बलम्वुस्थित एपीएफ अस्पतालमा थप गरिएको गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाको शुरुआत गरेकी हुन् ।

१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अस्पतालमै गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाको शुरुआतसँगै गाइनोकोलोजी क्यान्सर अवेरनेस विषयमा प्रस्तुतीकरण तथा अन्तरकृया कार्यक्रमसमेत भएको छ ।

अन्तरकृयामा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा नेपाल एपीएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक संचालनसँगै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गको लागि भीआर्इए र भीआईएलआइ, पीएपी स्मेयर टेस्ट, एलबीसी र एचपीभी टेस्ट त्यसैगरी स्तन क्यान्सर स्क्रिनिङ्गको लागि भिडियो एक्सरे तथा विभिन्न डाइगोनेस्टिक विधिबाट उपचारहरु प्रदान गरिनेछ ।

सशस्त्र प्रहरी परिवार महिला संघ तथा नेपाल एपीएफ अस्पतालको सहकार्यमा अस्पतालमा संचालनमा आएको गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाको सुचारुसँगै सशस्त्र प्रहरी परिवार महिला संघले सिफारिस गरेका महिलाहरुलाई गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा प्रदान गरी क्यान्सर रोगको शुरुको अवस्थाको समयमा नै रोग पहिचान गरी उपचार तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसैगरी ट्युमर तथा ट्युमर सम्बन्धी बिरामीहरुको लागि शल्य चिकित्सक सेवा, नेपाल एपीएफ अस्पतालमा कार्यरत तथा अन्य स्वास्थ्यकर्मीहरुलाई गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सम्बन्धी तालिम संचालन, टेलिमेडिसिन तथा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुद्वारा प्रदेशस्तरमा समेत गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा विस्तार, रेडियो थेरापी तथा केमो थेरापी आवश्यक पर्ने क्यान्सरका बिरामीहरुलाई आवश्यकता अनुसार सम्बन्धित स्वास्थ्य निकायहरुमा समन्वय गरी रेफर गर्ने, गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग व्यवस्थापनका विभिन्न पक्षहरुमा अनुसन्धान गर्ने, सशस्त्र प्रहरी परिवार महिला संघले आयोजना गर्ने स्वास्थ्य शिविरहरु मार्फत महिलाहरुमा हुने क्यान्सरको बारेमा जनचेतना, स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम संचालन गर्नुका साथै सशस्त्र प्रहरी परिवार महिला संघको संयोजकत्वमा नेपालका दुर्गम स्थानहरुमा गाइनोकोलोजी क्यान्सर क्लिनिक शिविरहरु संचालन गरिने कुरा त्यस अवसरमा जानकारी गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ