arrow

जसपाको संयुक्त संसदीय दलको बैठक बस्दै, ओलीलाई साथ नदिन उपेन्द्र यादवलाई सुझाव

logo
आकाश शर्मा,
प्रकाशित २०७७ फागुन २५ मंगलबार
janata-samajwadi-party.jpg

काठमाडौँ। सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई अलग अलग पार्टी घोषणा गरे पछि जनता समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठक मङ्गलवार दिउँसो बस्दै छ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन भए पनि अझै पनि दुवै पार्टीको अलग अलग संसदीय दल छन्। मङ्गलवार पहिलो पटक संसदीय दलको संयुक्त बैठक बस्ने कार्यक्रम तय गरिएको जसपाका नेता केशव झाले बताए। झाका उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने भएको छ।

संयुक्त बैठक बस्नु अघि सोमबार दिउँसो जसपाका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन समाजवादी पार्टीका सांसदहरूको अनौपचारिक बैठक बोलाएको थिए। उक्त बैठकमा बोल्ने अधिकांश सांसदहरूले केपी ओलीलाई साथ नदिन पार्टी नेतृत्वलाई सुझाव दिएका थिए। बैठकमा राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, प्रमीला यादव लगायतका सांसदहरूले बोलेका थिए।

उनीहरूले प्रतिगमन र प्रतिगमनकारीको पक्षमा नउभिन पार्टी नेतृत्वलाई सल्लाह दिएको सहभागी एक नेताले बताए। बैठकमा अध्यक्ष पार्टी यादवले पनि बोलेका थिए। उनले प्रतिगमनको पक्षमा पार्टी नउभिने आश्वासन पार्टीका नेताहरूलाई दिएका थिए। पार्टी स्रोतका अनुसार केपी ओली र पुष्पकमल दाहालको विवादमा जसपाका नेताहरू दुई धारमा उभिएका छन्। एउटा धारको नेतृत्व महन्थ ठाकुरले गरेका छन्। उनी केपी ओली प्रति नरम देखिएका छन्। अर्को धारको नेतृत्व अर्का अध्यक्ष यादवले गरेका छन््। यादव प्रचण्डसँग निकट भएका छन।

स्रोतका अनुसार मङ्गलवार बस्ने संसदीय दलको बैठकमा जसपाको संसदीय दलको नेता चयन गर्ने विषयमा पनि छलफल हुनेछ। संसदीय दलको नेतामा पार्टीका पाँचौँ नेता राजेन्द्र महतोले दाबी गर्ने छन्। तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरण गर्ने बेला नै महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको महतो निकट नेताहरू बताउँछन्।

यता, महन्थ ठाकुर र अध्यक्ष यादवले पनि दलका नेतामा आफू चयन हुन चाहेको ठाकुर र यादव निकट नेताहरू बत्ताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ