arrow
ADVERTISEMENT

नेपाल समूहमाथि सूर्य थापाको आक्रोश, ‘अपराधीहरुको मुहार झलझली सम्झना भइरहेको छ’

जिज्ञासामा दिए रुखो जवाफ, मन्त्री परिषद बैठक बस्ने जानकारी छैन

logo
बाबु नेपाली,
प्रकाशित २०७७ फागुन २५ मंगलबार
surya-thapa.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरिएका क्रियाकलापप्रति आक्रोश पोखेका छन् । 

उनको यो आक्रोशले एमालेभित्र पुरानै अवस्थामा नेताहरु आफ्ना गतिविधिमा लाग्ने अवस्था नदेखिएको स्पष्ट हुन्छ । सामाजिक संजालमा मंगलबार बिहान थापाले ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्काशित गरेको घोषणा गर्ने अपराधीहरुको मुहार झलझली सम्झना भइरहेको भन्दै माधव नेपाल पक्षमाथि आक्रोश पोखेका छन् । 

नेकपा रहँदा गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले छुट्टै गतिविधि संचालन गर्दै संसद विघटनको विरोध गर्र्दै सडकमा ओर्लेका थिए भने ओलीलाई पार्टी सदस्यताबाट समेत हटाएका थिए । 

अहिले थापाले त्यही आक्रोश पोखेका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरुको मुहार झलझली सम्झना भइरहेको छ । दुई तिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।’

यसबारेमा आक्रोश माधव नेपाल पक्षतिर हो कि कता हो ? भनी हाम्राकुराको जिज्ञासामा उनले भने, ‘तपाई नेपाली शब्द पढ्न जान्नुहुन्न ?’ जान्दछु कि तैपनि सोधेको भनेर भन्दा उनले भने, ‘जानेरै गर्नुभा होला त पत्रकारिता । आफै अर्थ लगाउनु न त्यति त जानेरै गर्नु भा होला पत्रकारिता ।’

उनले पार्टीभित्रको आन्तरिक किचलोमा पटक पटक संचारकर्मीसँगको रुखोपनलाई निरन्तरता दिँदै आएका छन् । धेरै संचारकर्मीले उनको रुखो प्रतिक्रियाको सामना गर्दै आइरहेका छन् ।

थापा पनि लामो समयदेखि पत्रकारिता गरेरै त्यो गरिमामय पदमा पुगेका हुन् ।  । उनले पार्टीका नेताहरुलाई पनि यसरी नै गाली गर्दै आइरहेका छन् ।   

उनले मन्त्रीपरिषद बैठक बस्ने बारेमा भने अहिलेसम्म जानकारी नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ