arrow

ओलीलाई गगन थापाको प्रश्न : एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन २५ मंगलबार
gagan-thapa13.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेको बताएका छन् । थापाले मंगलबार सामाजिक संजालमार्फत थापाले एउटा अध्यादेश ल्याएर अर्कैको विषय उल्लेख गर्दै झुट बोलेको बताएका हुन् ।

थापाले भनेका छन्, ‘संवैधानिक परिषद्‌ सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झुट प्रधानमन्त्री ज्‍यू ।’

उनले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत रहेको उल्ल‍ेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्ड–नेपाल समूह र कांग्रेसले एसिड आक्रमणविरुद्ध सरकारले पेस गर्न लागेको अध्यादेश रोकेको आरोप लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ