arrow

माओवादी केन्द्रको निर्णय: नयाँ सरकार गठनबारे कांग्रेस र जसपासँग छलफल 

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
narayan-kaji-shrestha-maoist.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग तत्काल वार्ता र छलफल गर्ने निर्णय गरेको छ । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले नयाँ सरकार गठनका बारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको हो । 

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार गठन र संसद्मा संयुक्त रूपमा देखाउन सकिने भूमिकाबारे छलफल हुने जानकारी दिए । 

बैठकले २९ फागुनमा बस्ने गरी केन्द्रीय समिति र १ चैत मा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ