arrow

गोपाल किराँती र सन्ध्या तिवारीको दललाई निर्वाचन आयोगले नयाँ नाम दिने

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
election-commission1.jpg

काठमाडौं। निर्वाचन आयोगले गोपाल किराँती र सन्ध्या तिवारीलाई उनीहरूले दर्ता गराएको दलको नाम दिन नसकिने भन्दै नयाँ नाम लिन आउन १५ दिनको समय दिएको छ । 

आयोगको मङ्गलवार बसेको पदाधिकारी बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि खाली भएको नाममा गरिएको दर्ता अनुसार सो नाम र चिन्ह दिन नसकिने भन्दै नयाँ नाम र चिन्ह छान्न १५ दिनको समय दिने निर्णय गरेको हो ।

बैठकपछि आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार माओवादी केन्द्र नाम पाएका किराँतीले दलको नाम र निर्वाचन चिन्ह नै नयाँ पाउने छन् भने तिवारीको नेतृत्वमा दर्ता एमालेले नाम मात्रै नयाँ पाउने र निर्वाचन चिन्ह पुरानै कायम हुने छ । तिवारीले निर्वाचन चिन्ह उदाउँदै गरेको सूर्य पाएकी छन् । 

दुई दलबीचको एकतापछि किराँतीले माओवादी केन्द्र र तिवारीले नेकपा एमाले नामको दल दर्ता गराएका थिए । आयोगले नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण आयोगसमक्ष पेस गर्न भनेको छ ।

नेकपा एकतापछि किराँतीको दल दर्ता नम्बर १५३ मा माओवादी केन्द्रका नाममा दर्ता भएको थियो भने दर्ता नम्बर १६० मा तिवारीको नेतृत्वमा एमाले दर्ता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ