arrow

सन्ध्या तिवारीको निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन २५ मंगलबार
election-commission-nepal.jpg

काठमाडौं। निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा एमाले नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ । 

सर्वोच्च अदालतको गत आइतबारको फैसलासँगै दलको नाम भने उनले एमाले पाउने छैनन् । उनले दलको नाम नयाँ छान्नु पर्ने तर, चिन्ह भने पहिले नै दर्ता भएको नै पाउने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

तर, नेकपा एकतापछि माओवादी केन्द्र दर्ता गराएका गोपाल किराँतीले भने दलको नामसँगै निर्वाचन चिन्हसमेत नयाँ नै छान्नु पर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

उनले पाएको दलको नाम र निर्वाचन चिन्ह सर्वोच्चको फैसलासँगै साबिकको दलको नै कायम हुने हुँदा दलको नाम र चिन्ह नै नयाँ छान्नु पर्ने भएको हो । तिवारीले छानेको चिन्ह भने अन्य दलसँग नमिल्ने उनले जानकारी दिएका हुन् । 

आयोगले मङ्गलवार बसेको पदाधिकारी बैठकमार्फत किराँती र तिवारी दुवै जनालाई नयाँ नाम लिन आउन १५ दिनको समय दिएको छ । 
नेकपा एकतापछि किराँतीको दल दर्ता नम्बर १५३ मा माओवादी केन्द्रका नाममा दर्ता भएको थियो भने दर्ता नम्बर १६० मा तिवारीको नेतृत्वमा एमाले दर्ता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ