arrow

सत्ता सहकार्यका लागि एमाले र जसपाको संयुक्त कार्यदल बन्यो, छलफल शुरु

रेशम चौधरीको रिहाइ प्रस्ताव 

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
UML-JSP-NCP1.jpg

काठमाडौं। सर्वोच्च अदालतको आइतबारको फैसलापछि सत्ता समीकरणको नयाँ कोर्स अघि बढिरहेका बेला पुरानै अवस्थामा फर्किएको सत्तारुढ दल नेकपा एमाले र विपक्षमा रहेको जसपाबीच सत्ता सहकार्यका लागि कार्यदल गठन भएको छ । 

सत्ता समीकरण र सहयात्रा बारे छलफल गर्न भन्दै सत्तारुढ र विपक्षमा रहेका दुवै दलले संयुक्त कार्यदल बनाएका हुन् । कार्यदलमा सत्तासीन एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई छन् । 

यसै गरी हाल विपक्षी भूमिकामा रहेको जसपाबाट नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण कार्यदलमा छन् । कार्यदलका सदस्यहरूबीच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ । 

स्रोतका अनुसार कार्यदलमा जसपाका तर्फबाट रहेका नेताहरूले थुनामा रहेका नेता रेशम चौधरीलाई रिहाइ गरेर अघि बढ्ने गरी प्रस्ताव गरेका छन् । सो सर्तमा एमालेतर्फका नेताहरू सहमत छन् । कार्यदल गठन बारे जसपाको मङ्गलवारको संसदीय दलको बैठकमा नेता महन्त ठाकुरले जानकारी दिएका थिए । 

सर्वोच्च अदालतको आइतबारको फैसलापछि एमाले संसद्मा १२१ सिटसहित पहिलो दलको हैसियतमा छ । उसलाई प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने अवस्था आए अन्य दलका केही सांसद आवश्यक पर्छ । विश्वासको मत लिन २७५ सांसद रहेको प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई १३७ मत आवश्यक पर्ने देखिन्छ । 

त्यो अवस्थालाई मध्यनजर गर्दै दुई दलबीच छलफल गर्न भन्दै कार्यदल नै बनाइएको हो । तर सिङ्गो जसपा भने यो कार्यदल बनेकामा सन्तुष्ट छैन ।

जसपाका अधिकांश नेताहरू वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु पर्ने पक्षमा छन् । यो पक्षमा जसपाका नेताहरू डा.बाबुराम भट्टराई र उपेन्द्र यादव  लगायतका नेताहरू देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ