arrow

देउवा-प्रचण्ड भेट, के भयो कुराकानी ?

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
deuba-parliament1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका छन् ।

देउवालाई भेट्न प्रचण्ड मंगलबार देउवा निवास बुढानीलकण्ठ पुगेका थिए। भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
 
सत्ता सहयात्रा बारे कुराकानी भएको हो ? भन्ने प्रश्नमा भानु देउवाले भने,‘कुराकानी त भए तर अहिले त्यो सम्भावना छैन ।’

बूढानीलकण्ठमा साँझ भएको भेटमा उनीहरुबीच संसद्को बैठक सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रको मंगलवारको स्थायी कमिटी बैठकले ती विषयमा प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा पूर्वावस्थामा ब्यूँतिने फैसला गरेको थियो ।

 सोही फैसलाका आधारमा निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहने निर्णय गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ