arrow

यस्तो छ महाशिवरात्रीमा पशुपतिको सवारी रुट

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन २६ बुधबार
pashupatinath-temple.jpg.jpeg

काठमाडौं । महाशिवरात्रीको अवसरमा दर्शनार्थीलाई दर्शन गर्नका लागि पशुपतिनाथमा कुनै अवरोध नपुगोस् भनी सवारी व्यवस्थापनको विशेष योजना सार्वजनिक गरिएको छ । 

विशेष मेलालाई ध्यानमा राख्दै ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सवारी व्यवस्थापनको विशेष योजना सार्वजनिक गरेको हो । उक्त योजना अनुसार महाशिवरात्रीमा चक्रपथमा सवारी अवागमन सुचारु हुने भएको छ । महाशाखाले दर्शनार्थीको अत्यधिक चाप भएमा पशुपतिक्षेत्र आसपास गौशालामा सवारी आवागमन निषेध गर्ने जनाएको छ ।

महाशाखाले बुधबार सूचना जारी गर्दै दर्शनार्थीको अत्याधिक भीड भए बिहीबार सवारी आवागमन बन्द हुने क्षेत्रबारे जानकारी गराएको हो ।

चावहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वरबाट रातोपुल हुँदै गौशाला, तिलगंगाबाट गौशाला, द्धारिका होटलतर्फको उतरतिरको शाखा मार्ग, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहालबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फलगायत क्षेत्रमा सवारी आवागमन बन्द हुने महाशाखाले जनाएको छ ।

चक्रपथ चल्ने गाडी महाराजगञ्जतर्फबाट आएका चावहिलबाट र कोटेश्वरतर्फबाट आएका सवारी साधन तिलगंगाबाट फिर्ता हुनेछन् । त्यस्तै बौद्धबाट आएका सवारी साधन चावहिलबाटै फिर्ता हुनेछन् ।

यसैगरी मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थीहरुलाई तिलगंगा, सिफलचौर, गुहेश्वरी पारी, देवउद्यान स्थित कोषको कार्यालयमा पार्किङको व्यवस्था मिलाइएको छ ।

कोरोना भाइरसको महामारीका कारण साधुसन्तमा कमी आएको छ भने भारतबाट आउने दर्शनार्थीमा पनि कमी आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ