arrow

प्रतिनिधि सभाको बुधबारको बैठकमा तीन जना मन्त्रीले अध्यादेश पेस गर्ने 

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
sanghiya-samsad.png

काठमाडौं । फागुन २६ गते अर्थात आज बुधबार १ बजेका लागि बोलाइएको पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा तीन जना मन्त्रीले विभिन्न अध्यादेश पेस गर्ने भएका छन् ।

संसद्‌ सचिवालयले सम्भावित कार्यसूची प्रकाशित गर्दै गृहमन्त्री, स्वास्थ्यमन्त्री र कानुनमन्त्रीले विभिन्न अध्यादेश पेस गर्ने जनाएको हो ।

गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ पेस गर्नेछन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने कार्यर्सूची छ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश २०७७, यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने संघीय संसद्‌का महासचिव भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा सदस्यहरु सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्वसंविधानसभाका केही सदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशको विरोधमा नेपाली कांग्रेसलगायतका सांसदहरुले नाराबाजी गरेपछि आइतवारको बैठक स्थगित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ