arrow

सकियो संसद बैठक, अर्को बैठक चैत ३ गते

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
samsad4.jpg

काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठक बहालवाला र पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

संसद सचिवालयले यसअघि बैठकमा पेश गर्ने गरि राखेको ७ सम्वन्धि कार्यसूची हटाइएपछि सभामुख अग्निप्रसाद सापकोटाले बहालवाला र पूर्वसांसदको निधनमा शोक प्रस्ताव पढेर बैठक समापन गरिएको हो । अब ३ चैतमा बैठक बस्ने छ ।

बैठकमा गत १७ असार १७ यता निधन भएका पूर्व र तत्कालीन १४ सांसदको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।

यसअघि केही अध्यादेश पेश गर्ने कार्यसूची तय थियो भने दलका नेताले सम्बोधन गर्नेसमेत तय थियो ।

संसद पुर्नस्थापनापछि गत २३ फागुनमा बसेको पहिलो बैठकमा सरकारको तर्फबाट अध्यादेश पेश गर्न लाग्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गरेपछि बैठक बुधबार (आज) सम्मका लागि सारिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ