arrow

सत्ता समीकरणका लागि अहिले एमालेले कुनै प्रयास गरेको छैन् : नेम्वाङ

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
subash-chand-nembang.jpeg

काठमाडौं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सत्ता समीकरणका लागि अहिले एमालेले कुनै पनि प्रयास नगरेको बताएका छन् ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको अवस्थामा आफूहरु बहुमत पुगेकाले सत्ता समीकरणको कुराकानीनै नलागेको उनको भनाइ छ ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सत्ताका बारेमा जसपाका नेताहरुसँग निरन्तर छलफल भने भइरहेको बताए ।

उनले माधवकुमार नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार हुने पनि बताए । उनले सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र व्यूँतिएकाले उनीहरु हाम्रै दलको नेता भएको स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ