arrow

सहमति कार्यन्वयन गर्न त्रिविसँग नेविसंघको माग

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौं ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) ले  भएको सहमति कार्यन्वयन गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ । नेविसंघ अध्यक्ष राजिव ढुंगानले बुधवार विज्ञप्ति जारी गरि सो ध्यानाकर्षण गराएका हुन् ।

'त्रिविबाट स्वीकृत प्राप्त ब्यबस्थापन सन्काय अन्तर्गत का सम्पुर्ण बीबीए, बीआइएम, बीबीएम, बीएचएम लगायत का कोर्स हरुमा त्रिवि र बीच २०७६-४-१३ गते सम्पुर्ण कोर्समा १०% विद्यार्थी ले १००% छात्रवृत्ति पाउने भनी सहमति भैइ सबै क्याम्पसहरुमा कार्यान्वयन गर्न २०७६ सालकै शैक्षिक सत्र बाट लागू हुने गरि  त्रिवि र डिन कार्यलयले पटक पटक  परिपत्र गर्दा समेत हालसम्म कार्यान्वयन नगरी विद्यार्थीहरु बाट पैसा उठाएको र विद्यार्थीहरुले पाउने छात्रवृत्ति सम्बन्धित क्याम्पसले उपलब्ध नगराएको देखिएको हुँदा सो सम्बन्धमा  नेविसंघको गम्भीर ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा उल्लेख छ ।

'यथाशीघ्र विद्यार्थी हरुले पाउनु पर्ने छात्रवृत्ति उपलब्ध गराइने ब्यबस्था मिलाउन त्रिभुवन विश्वविद्यालय र सम्पुर्ण आङिगक तथा स्म्बन्धन प्राप्त क्याम्पसहरुको ध्यानाकर्षण गराइन्छ ।' महामन्त्री दीपक भट्टराईले भने ।

अन्यथा विद्यार्थी हक हित र विद्यार्थी आन्दोलन बाट प्राप्त उपलब्धीको रक्षाका निम्ति नेपाल नेविसंघ कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ