arrow

'नेपाल हाम्रै दलको नेता'

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
subash-nembang.jpg

काठमाडौँ ।  नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकबाट बाहिरिने क्रममा नेम्वाङले माधवकुमार नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार गरिने बताए । उनले नेपाल आफ्नै दलको नेता भएको स्पष्ट पारे ।

संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा(माओवादी केन्द्र)बीचको एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने बताए ।

सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्वावस्था कायम भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ