arrow

खनाल–नेपाल अब ओली सरकार बचाउ अभियानमा !

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
KP-Oli1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रबृत्तिविरुद्ध उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले)का नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल ओली सरकार बचाउन दृढ रहेको बताएका छन् ।

ओली नेतृत्वको सरकार गठन भएदेखि नै असहयोगी भूमिकामा देखिएका खनाल र नेपाल ओलीलाई सत्ताच्यूत गर्ने अन्तिम लडाइँबाट ‘यू–टर्न’ देखिएका छन् ।

बुधबार काठमाडौंको अर्याल होटलमा भएको नेपाल समूहको भेलामा सम्भव भएसम्म अहिलेको सरकार जोगाउनुपर्ने धारणा आएको थियो । नेपाल समूहका नेताहरु सकेसम्म ओली सरकार टिकाउनुपर्छ नभएपनि वामपन्थीहरुको सरकार बनाउनुपर्छ भन्ने निष्कर्षमा पुगेका छन् ।

सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पु¥याइदिएपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर गठन भएको सरकारको हैसियतमाथि प्रश्न उठिरहेको बेला ओली सरकार टिकाउन नेपाल र खनालको मनस्थिति बदलिएको हो ।

अदालतको फैसलाले नेपाल-खनाल पक्षलाई ठुलो झट्का लागेपछि ओली नेतृत्वको एमालेमै बस्नुपर्ने अवस्थामा पुर्‍याइदिएसँगै उनीहरुको बोली फेरिएको हो ।

पूर्वअध्यक्ष समेत रहिसकेका खनाल पनि ओली सरकार बचाउमा लागेका छन् । खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताइसकेका छन् ।

खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसदमा हुनसक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने बताए ।

केही दिनअघिसम्म ‘पानी बाराबार’को अवस्थामा रहेका ओली समूह र नेपाल-खनाल समूह अन्ततः ओलीलाई पार्टी अध्यक्ष स्वीकार्दै सरकार बचाउमा लाग्नुलाई राजनीतिक बाध्यता र हास्यस्पद भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ