arrow

पशुपतिमा कसरी छिर्छ लागुपदार्थ 

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
pashupati-gaja-baba.jpg

काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ ।

तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने पशुपति क्षेत्र विकास कोषले बताएको छ । 

तर बाबाहरु भने खुलेआम गाँजा सेवन गरिरहेका हुन्छन् । उनीहरुको समीपमा पुगेर गाँजा सेवन गर्ने चलन चलि नै रहेको छ । 

बाबाहरुसँग खानतलासी गर्ने गरिएको छैन । तर वर्षौंदेखि यही समयको प्रतिक्षामा रहेका बाबाहरुले गाँजा भाङ, भतुरो लगायतका लागुपदार्थको व्यापार गर्ने गरेको पाइएको छ । 

पहिले पनि लागुपदार्थ खुला थिएन । र पनि ती बाबाहरुले नेपाली युवालाई बेच्ने गरेका थिए । केही युवाहरुको त्यस्तो जमात हुन्छ जो पशुपतिमा दर्शन भन्दा पनि गाँजा, भाङ, धतुरो पाइने अभिलाषा पालेरै पशुपति जाने गरेका छन् । 

पहिले जस्तो खुलेआम बिक्री वितरण नभए पनि लुकिछिपी अहिले पनि कूकर्म कायमै छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ