arrow

महाशिवरात्रीमा पशुपति दर्शनमा आउने सवारी साधनका लागि यी हुन् पार्किङ स्थलहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन २७ बिहिबार
shivaratri-pashupati.jpg

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाशुपत क्षेत्र आसपासका मूल सडकको ट्राफिक व्यवस्थापन गर्न सार्वजनिक सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

महाशाखाले पशुपतिनाथ क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाउन विभिन्न स्थानमा पार्किङकोसमेत व्यवस्था गरेको छ ।

यस्तै नीजि सवारी साधनबाट पाशुपत क्षेत्रका मूल सडक हुँदै आवतजावत गर्नेहरुले चावहिलदेखि गौशाला हुँदै एयरपोर्टसम्मको सडक निर्वाध रुपमा प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाइएको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले नियमित जस्तै चावहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाद रुपमा सवारी साधन चलाउन मिल्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुन गएमा सो रुटमा भक्तजन बाहेकका सवारीलाई बैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख भट्टराईले जानकारी दिए ।

मालबाहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने , सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्ध तर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरुलाई बनकाली खुल्ला चौर, सिफलचौर, गुहेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ ।

यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकाली भित्र राखिने छ ।

बाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातो पुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ