arrow

सेना दिवसको रौनकः हेलिकप्टरबाट पुष्पवृष्टी, राइफल र तोपबाट बढाइँ

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
army_day.jpg

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा ‘सेना दिवस’ मनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विभिन्न कलाकौशल प्रस्तुत गर्दै नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत सरकारका मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरुको सहभागिता थियो ।

सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । कार्यक्रममा हेलिकप्टरद्धारा पुष्पवृष्टी गरियो भने राइफल र तोपबाट महाशिवरात्रि बढाइँसमेत गरियो ।

कार्यक्रममा सेनाले प्रयोग गर्दै आइरहेका विभिन्न उपकरणहरुसमेत प्रदर्शन गरिएको थियो भने हेलिकप्टरमार्फत आपतकालिन उद्धारको प्रस्तुती देखाइएको थियो । यस्तै मुलुकका विभिन्न जात तथा धर्म संस्कृती झल्किने झाँकीहरुको प्रदर्शनसमेत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ