arrow

युरोपा लिगका आठ खेलको यस्तो छ नतिजा

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
tottenham8.jpg

काठमाडौं । युरोपा लिग फुटबलमा अन्तिम १६ का खेल अन्तर्गत बिहीबार राति ८ खेल भएका छन् । खेलमा दुई इङ्गलिश क्लबले सफलता हासिल गर्दा एक क्लब भने बराबरीमा रोकिएको छ । 

टोटनह्याम हट्सपर र आर्सनल विजयी हुँदा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको हो । टोटनह्यामले क्रोएसियाको डाइनामो जाग्रेबलाई २–० गोल अन्तरले पराजित गर्यो । टोटनह्यामको जितमा दुवै गोल ह्यारि केनले गरे । 

खेल टोटनह्यामको मैदानमा भएको हो । दोस्रो लेग मार्च १८ मा डाइनामोको मैदानमा हुनेछ । 

अर्को खेलमा आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । ओलम्पियाकोसको मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओएडेगार्ड, गाब्रियल र मोहम्मद एल्नेनीले एक एक गोल गरे ।

अर्को क्लब म्यानचेस्टर युनाइटेड भने इटालियन क्लब एसी मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।

खेलको ५० औं मिनेटमा युवा खेलाडी अमद डियालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयमा साइमन केजेरले गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

दोस्रो लेग खेल मिलानको मैदानमा हुनेछ ।

यस्तो छ अन्य खेलको नतिजा 
आयाक्स ३–० यङ ब्वाइज
डाइनामो किभ ०–२ भिल्लारियल
स्लाभिया प्राग १–१ रेन्जर्स 
ग्रानाडा २–० मोल्डे
एएस रोमा ३–० शक्तर दोनेस्क
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ