arrow

जसपा संसदीय दलको नेतामा तीन जनाको दाउ, महन्थलाई राजेन्द्रले रोक्दै

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
janata-samajwadi-party.jpg

काठमाडौँ । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सिंहदरबार स्थित दलको कार्यालयमा सुरु भएको छ । बैठकको मुख्य एजेण्डा संसदीय दलको नेता चयन गर्ने भनिएको छ ।

तर, दलको नेता सहजै चुनिने अवस्था भने जसपा भित्र छैन । हाल संसदीय दलको नेतामा महन्थ ठाकुरले दाबी गरिरहेका छन् । १० बैशाख २०७७ मध्यरातमा पार्टी एकता गर्दा भएको भनिएको मौखिक सहमति अनुसार दलको नेतामा राजेन्द्र महतोले समेत अडान राखिरहेका छन् ।

यस्तै उपेन्द्र यादवले समेत आफूलाई दलको नेताको रेसमा अघि सारिरहेका छन् ।  जसपा स्रोतका अनुसार आजै दलको नेता छानिने सम्भावना कम छ । आजको बैठकको मुख्य एजेण्डा दलको नेत चयन गर्ने भनिए पनि बैठकले दलको विधान मात्रै पास गर्ने सम्भावना देखिएको छ ।
 
हाल नयाँ सत्ता गठबन्धनमा जसपा निर्णायक शक्तिका रूपमा देखिएको छ । यस कारण पनि जसपा आन्तरिक राजनीतिलाई दह्रो बनाएर सत्ताको यात्रामा तयार हुन अघि बढिरहेको छ ।

बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई प्रधानमन्त्री दिन सकिने भन्दै ‘कार्ड’ देखाएका छन् ।
शुक्रवार (आज) समेत जसपा नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्दै छन् । दिउसो चार बजे कांग्रेस सभापति देउवासँग जसपाका नेताहरूको भेट हुने कार्यक्रम तय भइसकेको छ ।

कांग्रेस उच्च स्रोतका अनुसार नयाँ सत्ता गठबन्धनमा कांग्रेससमेत जसपालाई प्रधानमन्त्री दिएर माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन तयार देखिएको छ ।  माओवादी केन्द्रका नेताहरूले भने सो विषयमा मुख खोलिसकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ