- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले संविधानको रक्षा गर्नु सरकारको दायित्व भएको बताए ।
आइतवार बुटवलमा सम्बोधन गर्दै उनले भने 'अहिले मुलुकमा दुई राजनीतिक धार देखिएका छन् । एउटाले संविधानको रक्षा गर्न चाहन्छ, अर्कोले उल्टाउन चाहन्छ ।'
संसदीय दलका प्रमुख सचेतक रहेका खाँणले भने, ' तर संविधान कसैले च्यातेर च्यातिँदैन । जसले च्यात्न खोज्छ, उही समाप्त हुन्छ ।'
खाँणले बहुदलीयताको मान्यतालाई स्वीकार गरी संविधानको रक्षाका लागि सबै अघि बढ्नुपर्ने बताए ।