arrow

ओलीले गरे महासचिव बाहेक सबै पदाधिकारी खारेज, एमालेमा भाँडभैलो 

एमाले महाधिवेशन २ देखि ६ मङ्सिरसम्ममा

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
kp-olis3.jpg

काठमाडौँ ।  नेकपा एमालेको बैठकले पार्टीको महासचिव ईश्वर पोखरेलको पद बाहेकका पदाधिकारीहरू खारेज गर्दै महाधिवेशनको मिति तोकेको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो निर्णय गरेका हुन् ।  

सो बैठकले पार्टीको आगामी महाधिवेशन २ देखि ६ मङ्सिरसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

यसै गरी माओवादी केन्द्रबाट आएर ओली समूहमा लागेका नेता रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । बैठकले एमाले प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ ।

निर्णयसँगै नेकपाबाट फर्किएका माधव कुमार नेपाल समूहका अधिकांश नेताहरू कारबाहीमा परेका छन् । योसँगै एमाले भित्र भाँडभैलो अझै बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ