arrow

ओलीले क-कसलाई बनाए एमाले केन्द्रीय सदस्य ?

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
pm-oli9.jpg

काठमाडौँ ।  नेकपा एमालेको बैठकले पार्टीको महासचिव ईश्वर पोखरेलको पद बाहेकका पदाधिकारीहरू खारेज गरेको छ ।  बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा ओली पक्षमा खुलेका रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ । उनीसँगै पूर्व माओवादीका २२ जना नेताले एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो निर्णय गरेका हुन् । एमाले केन्द्रीय कमिटीले गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द थापा, गौरीशंकर थारु र दावा लामालाई एमाले केन्द्रीय सदस्य चयन गरेको छ ।

साथै टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, नवीन रोका, डम्बर विष्ट, झपट बोहरा, चन्द्रबहादुर खड्का एमालेका नयाँ केन्द्रीय सदस्य रहेका छन् ।

माओवादीबाट एमाले केन्द्रीय सदस्य बनेका
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलामी
१०. कमल जंग
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. धर्मराज रेग्मी
१७.नवीन रोका
१८. डम्बर विष्ट
१९. गौरीशंकर थारु
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ