arrow

बार्सिलोनालाई पछाडि धकेल्दै लाग्यो रियाल मड्रिड अगाडि 

logo
प्रकाशित २०७७ चैत १ आइतबार
real-madrid-elche.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड बार्सिलोनालाई पछाडि धकेल्दै दोस्रो स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा रियालले इल्चेलाई २–१ गोल अन्तरले पराजित गर्दै आफूलाई दोस्रो स्थानमा पुर्याएको हो । 

घरेलु मैदानमा खेलेको रियाल पछाडि परेको थियो । खेलको ६१ औं मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाए । 

तर करिम बेन्जिमा चम्किएपछि रियालले जित्यो । ७३ औं मिनेटमा बेन्जिमाले पहिलो गोल गर्दा इन्जुरी समयमा दोस्रो गोल गर्दै रियाललाई २–१ को जित दिलाए ।

शनिबारका अन्य खेलको नतिजा
डेपोर्टिभो १–१ काडिज
ओसासुना ०–० रियाल भल्लाडोलिड
गेटाफे ०–० एथलेटिको मड्रिड

अंक तालिका 
२७ खेलबाट ६३ अंकसहित एथलेटिको मड्रिड शीर्ष स्थानमा छ । रियाल मड्रिड समान खेलबाट ५७ अंकसहित दोस्रो स्थानमा पुगेको छ । 

तेस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ । सेभिया २५ खेलबाट ४८ अंकसहित चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ