arrow

'ओलीलाई समर्थन गर्ने भनेको छैन'

logo
प्रकाशित २०७७ चैत १ आइतबार
Laxman-Lal-Karna-hindi.jpg.jpeg

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल जसपाका नेता लक्ष्मणलाल कर्णले आफूहरूले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भनेर नभनेको बताएका छन् । शनिवार एक कार्यक्रममा उनले प्रम ओलीले माग पुरा गरे मात्र जसपाको समर्थन रहने स्पष्ट पारे ।

उनले भने,‘हाम्रो माग पूरा गर्नुभयो भने समर्थन हुन्छ । तर, उहाँहरूको एउटै पार्टीमा पनि एकरूपता छैन । अहिले हामीले घटनाक्रमलाई बडो नजिकबाट हेरिराखेका छौँ । दुई-चार दिनभित्र बैठक बसेर यस सम्बन्धमा निर्णय लिन्छौँ ।’

कर्णले आफ्नो पार्टी सबैसँग छलफलमा रहेकोले अहिले नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सँग निरन्तर छलफलमा रहेको बताए। आफूहरूले अघि सारेका माग र मुद्दा सम्बोधन हुनुपर्ने आफूहरूको मुख्य एजेन्डा रहेको पनि उनले सुनाए ।

 उनले भने,‘हाम्रो माग र मुद्दामा उहाँले म सकारात्मक छु भन्नुभएको छ । तर, ठोस सहमति भएको छैन । तर, उहाँले मुद्दा फिर्ता र कैदी बन्दी रिहाइको लागि संविधान र कानुनअनुसार अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।’

उनले प्रधानमन्त्री ओलीले आफूहरूलाई सरकारमा सहभागी हुन वा समर्थन गर्न आग्रह गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ