arrow

आठ जना सिद्धाउने नरभक्षी बाघलाई बेहोस गरी अन्यत्र सारिने

logo
हरि गुरुङ्ग,
प्रकाशित २०७७ चैत १ आइतबार
tiger-case.JPG

बर्दिया । नरभक्षी बाघलाई( डट) बेहोस गरी अन्यत्र स्थानान्तरण गर्ने  सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका कार्यालय प्रमुख  लागत पीडित स्थानीयहरूको सहमति अनुसार पाटे बाघलाई (डट) बेहोस गरी अन्यत्र स्थानान्तरण गर्ने सहमति भएको हो।

बर्दिया जिल्लामा मात्रै यस वर्ष पाटे बाघ आक्रमणमा परि ८ जनाले ज्यान गुमाएका छन् । मधु बन नगरपालिका वार्ड नं.-३ मा ४ जनाको मानवीय क्षति भएको छ।

पशुधन क्षति प्राय: दिनहुँ जस्तो भइरहेको छ।त्यस मानवीय र पशुधन क्षतिबाट आक्रोशित जैविक मार्ग क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले चर्को विरोध सँगै उचित राहतका साथै बस्ती स्थानान्तरणको माग गरेका छन् ।

त्यस क्रममा मधु बन नगरपालिका नगरप्रमुख गणेश बहादुर के.सी. जिल्ला प्रशासन कार्यालय बर्दियाका कार्यालय प्रमुख सन्त बहादुर सुनार, डिभिजन वन कार्यालय बर्दियाका डिभिजन अधिकृत महेन्द्र राज वाग्ले, सशस्त्र प्रहरी बल बर्दियाका प्रमुख नर बहादुर रावत, सङ्घीय संसद मानवीय सञ्जय कुमार गौतम, तरुण नेतृ सरस्वती शाह, मधु बन नगर नेपाली काँग्रेस नगर सभापति नर बहादुर बलि सह-सभापतिद्वय मीन बहादुर थापा, बलिराम चौधरीको उपस्थितिमा नरभक्षी पाटे बाघलाई (डट) बेहोस गरी अन्यत्र स्थानान्तरण गर्ने सहमति भएको हो।

सङ्घीय संसद गौतमले भजे बाघ दोब्बर गराउने नाममा जनतालाई दुख दिन पाइँदैन दोब्बर गराउने नै हो भने जनतालाई उचित राहत ५० लाख दिनु पर्छ। त्यस क्रममा नेपाली काँग्रेस मधु बन नगर कार्यसमिति सह-सभापति आक्रोशित बासिन्दाका तर्फबाट बोल्दै भने,' तत्काल नरभक्षी बाघ अन्यत्र स्थानान्तरण नगरे यस खाता जैविक मार्ग नष्ट गर्न हामी पछि पर्ने छैनौ।'

जिल्ला प्रमुख अधिकारीले सोमवारदेखि नै बाघ स्थानान्तरण गर्ने प्रतिबद्धता गरेका छन् । सो काम गर्न डिभिजन वन कार्यालय बर्दियालाई निर्देश दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ