arrow

ओली–नेपालबीच चार महिनापछि भेटवार्ता

logo
प्रकाशित २०७७ चैत २ सोमबार
UML-Meeting-final.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच चार महिनापछि भेटवार्ता हुँदैछ । भेट एमाले मुख्यालय धुम्बाराहीमा हुन लागेको हो । 

नेपाल बालुवाटार जान नमानेपछि ओली नै पार्टी मुख्यालयमा जान राजी भएका हुन् । ओलीले एकलौटी ढङ्गले सरकार संचालन गर्न थालेपछि रुष्ट बनेका नेपालले ओलीलाई भेटिरहेका थिएनन् । 

पुस ५ गते ओलीले संसद विघटन नै गरेपछि भने ओली–नेपालबीचको देखभेट नै ठप्प भएको थियो । 

सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमाले एक हुने अपेक्षा विपरीत गत शुक्रबार ओलीले पदाधिकारीहरु खारेज गरेपछि झनै सम्वन्ध तिक्ततामा परिणत भएको थियो । 

माधव नेपाल कम्युनिष्ट जति एक हुने अभियानमा लाग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई आइतबार मात्रै भेट्न गएपछि ओलीले नेपाललाई बोलाएका हुन् । 

ओलीले आफूलाई संसद विघटन गरेपछि पार्टीबाट चार चार पटक कार्वाही गरिएको भन्दै नेपालसँग सबैभन्दा बढी रीस साँध्दै आएका छन् । तर उनले सत्ता संचालन गर्दा कहिल्यै पनि सचिवालय बैठकमा छलफल गरेनन् । निर्णयबारे सल्लाह गरेनन् । 

असंवैधानिक बन्दै संसद विघटन गरेको र असंवैधानिक बन्दै संवैधानिक निकायमा नियुक्ति गरिएको भन्दै नेपालले जहिल्यै आक्रोश पोख्दै आएका छन् । 

एमाले टुक्रिने निश्चित जस्तै भएका बेलामा आइतबार राति राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि ओलीले माधव नेपाललाई भेट्न खोजेपछि यो भेटलाई निकै महत्वका साथ हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ