arrow

माओवादी केन्द्रले सरकार गठनबारे अन्य दलसँग छलफल गर्ने

logo
प्रकाशित २०७७ चैत २ सोमबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौं। नेकपा माओवादी केन्द्रले नयाँ राजनीतिक परिस्थिति अनुसार सरकार गठनका लागि दलहरू बीच छलफल र संवाद शुरु गर्ने भएको छ । माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठक स्थगित गर्दै नयाँ सरकार गठनका लागि दलहरू बीच छलफल र संवाद शुरु गर्ने निर्णय गरेको हो । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार बसेको बैठकले केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको बताए । उनले नयाँ सरकार गठनका लागि दलहरूबिच संवाद शुरु गर्नु पर्ने भएको र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले केही दिनका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । 

सोमबारको बैठकमा भने २० नेताहरूले धारणा राखेका छन् । बैठक स्थगित गरिएपछि नेताहरूलाई पूर्व जिम्मेवारी अनुसार नै जिल्लामा गएर सङ्गठन निर्माणमा सक्रिय बन्न बाटो खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ