arrow

नेपाल समूहको बैठक बानेश्वरमा

logo
प्रकाशित २०७७ चैत २ सोमबार
madhav-kumar-nepal-.jpg

काठमाडौँ । नेकपा एमाले भित्रको माधव नेपाल समूहको बैठक बानेश्वरमा सुरु भएको छ ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि नेपाल समूहले आफ्ना स्थायी कमिटी तथा केन्द्रीय कमिटीका सस्यहरूलाई छलफलबारे जानकारी दिन बोलाएको हो ।

एमाले नेता भीम रावलले स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका नेताहरूलाई छलफलका लागि बोलाइएको जानकारी दिए । आजै अध्यक्ष ओलीसहितका नेताहरूसँग नेपाल समूहले धुम्बाराहीस्थित पार्टी कार्यालयमा आन्तरिक विवादबारे छलफल गरेको थियो । तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली २८ फागुनको निर्णयबाट ब्याक नभएपछि नेपाल पक्षले आफ्ना नेताहरूसँग छलफल गर्न लागेको हो ।

अध्यक्ष ओलीसँगको छलफलमा सो समूहले पार्टीका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय फिर्ता लिएर पार्टीलाई एक ढिक्का बनाउनेतर्फ अग्रसर हुन ओलीलाई आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ