- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा विशेष विमानबाट नेपाल आएका छन् । सोमबार राजकुमार खलिफासहित १६ जनाको टोली नेपाल आइपुगेको हो ।
बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफा बहराइन रक्षा बलको सैन्य जहाज चढेर नेपाल आइपुगेका हुन् ।
खलिफासहित १६ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने छ । टोलीमा रक्षा बलका तेह्र जना र तीन जना बेलायती नागरिक छन् ।
बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहेको आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकले गरेको छ । टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।
राजकुमारसहितको आरोही टोली नेपाल आएर सात दिनको होटेल क्वारेनटिनपछि गोरखाको सामा गाउँ गएर पाँच दिन बस्ने र काठमाडौँ फर्केर सगरमाथाको आधार शिविर प्रस्थान गर्ने कार्यक्रम छ ।