arrow

सर्वोच्चले दिएन अन्तरिम आदेशलाई निरन्तरता, पशुपतिमा जलहरी राख्न सहज

logo
प्रकाशित २०७७ चैत २ सोमबार
pashupatinath1.jpg

काठमाडौँ । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल राख्न सहज गरिदिएको छ ।
      
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गत फागुन १२ गतेको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सुनको जलहरी राख्न सहज भएको हो ।
      
सरकारले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुङ्गानाले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी राख्ने सरकारको निर्णयलाई यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी भएको थियो । सोमवारका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
      
राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा गत फागुन १२ गते नै पूजाआरधना गरी १०८ किलोको सुनको जलहरी अनावरण गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ