arrow

सत्तामा जान जसपाको बैठक, आन्तरिक किचलो उस्तै 

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
JASAPA.gif

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बस्न लागेको हो । 

उक्त पदाधिकारी बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्ने लगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ । 

पार्टीको बिहीबार कार्यकारिणी परिषदको बैठक बस्नुअघि संगठनात्मक खाका तयार गर्न पदाधिकारी बैठक बस्न लागेको हो । 

संरचना खाकाको विषय भनिए पनि सत्तामा जानका लागि जसपामा दुई धार देखिएकाले समस्या समाधानका लागि बैठक बस्न लागेको बुझिएको छ । 

महन्थ ठाकुर नेकपा एमालेसँग मिलेर सत्तामा जान खोजिरहेका छन् भने उपेन्द्र महतो पक्ष ओली सरकारसँग सहकार्य गर्न नहुने निचोडमा पुगेको छ । 

यसअघि ओली नेतृत्वको सरकारमै उपेन्द्र यादव गए पनि ओलीले संविधान संशोधन लगायतका कुनै पनि माग संवोधन नगरेपछि उनी फर्किनु परेको थियो । 

अहिले पनि ओलीले संविधान संशोधन गर्ने सम्भावना नै छैन । उनले चाहेर मात्र संविधान संशोधन हुँदैन । संसदमा दुई तिहाईले पारित नगरेसम्म संविधान संशोधन हुँदैन । 

तर सत्तामा जानका लागिमात्र भने जसपा अहिले निर्णायक स्थितिमा छ । 

एमाले नफुट्ने हो भने जसपाका सांसदबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत पुर्याउन सक्छन् । 

महन्थ ठाकुरलाई ओलीले प्रधानमन्त्रीको लोभ दिएको बताइए पनि उनले भने आफूले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । 

त्यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच पनि सत्ता समीकरणका लागि छलफल चलिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ