arrow

माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएको छ ।  मङ्गलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्नो दलबाट मन्त्री बनेका नेताहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सांसद शशी श्रेष्ठले सरकारमा दलका तर्फबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिइन् । ‘बैठकबाट पार्टीकारतर्फबाट सरकारमा मन्त्री बनेका नेताहरूलाई फिर्ता बोलाउने निर्णय भयो,’ सांसद श्रेष्ठले हाम्रा कुरासँग भनिन् ।

बैठकले पार्टीको विधानलाई संशोधन गर्न तीन सदस्य समितिसमेत बनाएको छ । बैठकले नयाँ सरकार गठनका लागि दलहरू बीचको संवादलाई तीव्र गतिमा अघि बढाउने निर्णयसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ