arrow

बालुवाटारमा ओलीले भने : फेरी उही धन्दा ?

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
pm-kp-oli-10.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले भित्र अब अराजकता नचल्ने बताएका छन् । मङ्गलवार आफ्नो सरकारी निवास बालुवाटारमा गरिएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाल समूहलाई एउटै पार्टीमा बसेर अराजकता नदेखाउन आग्रह गरे ।

‘आलोचना गर्न पाइन्छ, सच्चिएर काम गर्नुपर्छ, तर, फेरि उही धन्दा ?, त्यो चाहिँ चल्दैन, तमासा गर्न पाइँदैन, एउटै पार्टीमा बसेर अराजकता, विधि विधान विपरीतका क्रियाकलापमा छुट हुने छैन,’ ओलीले भने ।  ओलीले केही नेताले आफूलाई प्रचण्डसँग मिलेर बाटैबाट कारबाही गरेर पार्टीबाट हटाएको समेत बताए ।
 
‘एक ढङ्गले पार्टी त फुटाइएकै थियो, महासचिव र अध्यक्षलाई कारबाही गरिएकै थियो, बाटैबाट अध्यक्ष निकाल्दिनु भयो, बाटैमा अध्यक्ष बनाइदिनु भयो, मलाई त साधारण सदस्यबाट पनि निष्कासित गरेकै हो, जङ्गलको राज चलाएर विधि पद्धतिका कुरा गर्ने ?’ ओलीले असन्तुष्ट भनिएको समूहलाई लक्षित गर्दै भने ।

उनले अनुशासनहीन काम भए मनपरी हिँड्न कसैलाई छुट नहुने र पार्टीको विधान अनुसार कारबाही हुनेसमेत चेतावनी दिए ।
‘पार्टीको विधान छ, दलसम्बन्धी कानुन छ, यी सबैको ध्यानाकर्षण गर्न चाहन्छु, मनपरी हिँड्न कसैलाई छूट हुँदैन,’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चियापान कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

ओलीले बुधवारका लागि एमाले भित्रकै नेपाल-खनाल समूहले बोलाएको भेलामा नजान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए भने गुटगत भेला नगर्नसमेत नेताहरूलाई चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ